बुधबार, असार १०, २०८३

'जयनन्द लामाको निधनले मन आधा भएको छ'

मंगलबार राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए। लडेर लामाको टाउकोमा गहिरो चोट लागेकाले उनको निधन भएको बताइएको छ।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं- बुधबार बिहानै वरिष्ठ कलाकार जयनन्द लामाको निधनको खबर फैलियो। शुभचिन्तकहरू उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सामाजिक सञ्जालमा दुःख व्यक्त गरिरहेका छन्।

National life

बिरामीसमेत नरहेका उनको निधनले सबैलाई मर्माहत  तुल्यायो। गायक नारायण रायमाझीले अप्रत्याशित रूपमा आएको दुखद खबरले आफूलाई निकै मर्माहत तुल्याएको बताएका छन्।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो।

मंगलबार राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए। लडेर लामाको टाउकोमा गहिरो चोट लागेकाले उनको निधन भएको बताइएको छ।

उनको जोसले सधैँ आफूलाई पनि प्रेरित गरिरहने रायमाझी बताउँछन्। उनको देहले संसार छोडे पनि लामाका सृजनाले नेपाली साङ्गीतिक जगतमा उनलाई कहिले नओइलाउने फूल जस्तै बनाएको बताए।

कमल सरगमले सामाजिक सञ्जालमा लेखेका छन्, 'आदरणीय अग्रज नेपाली लोक गीत-संगीतका मूल जयनन्द लामाको गए राति २ बजे आफ्नै घर अगाडि आफ्नै गाडिबाट ओर्लिने क्रममा लडेर निधन भयको खबरले मन आधा भयको छ।'

Shivam cement

लामाले गाएका र संगीत भरेका थुप्रै गीत नेपाली संगीतबजारमा चर्चित छन्। उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मूलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरू चर्चित छन्। उनले नेपाली लोक दोहोरीको रियालिटी सो ‘नेपाल लोक स्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए।

उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरूमा पनि अभिनय गरेका छन्। गायक रायमाझीका अनुसार यस्ता बहुप्रतिभासाली कलाकार गुमाउँदा नेपालको साङ्गीतिक क्षेत्रमा ठूलो क्षति पुगेको छ।

'उहाँ गायन, संगीत, अभिनय, नृत्यलगायत सबै क्षेत्रमा पोख्त हुनुहुन्थ्यो। उहाँको निधनले अपूरणीय क्षति पुगेको छ,' उनले भने। आफूले २०४२/४३ सालदेखि चिनेका लामा निकै उदार हृदयको भएको रायमाझी बताउँछन्। उनको ठट्यौली बानी र हसाइराख्ने व्यवहार सधैँभर स्मरणीय रहने उनले बताए।

'२०४२/४३ सालमा उहाँ प्रज्ञाप्रतिष्ठानमा हुनुहुन्थ्यो। सोही समयमा रेडियो नेपालमा आउनुभयो। उहाँले नै मेरो 'भ्वाइस टेस्ट' लिनु भएको हो। पछि हामीले दुई वर्ष सँगै काम गर्‍यौ,' उनले भने। उनको जोसले सधैँ आफूलाई पनि प्रेरित गरिरहने रायमाझी बताउँछन्। उनको देहले संसार छोडे पनि लामाका सृजनाले नेपाली साङ्गीतिक जगतमा उनलाई कहिले नओइलाउने फूल जस्तै बनाएको बताए।

'उहाँको आत्माले देह त्याग्यो। तर, उहाँका सृजनाले जयनन्द दाइलाई जीवन्त तुल्याएका छन्। उहाँ नेपाली समाजमा सधैँ जीवन्त रहनुहुनेछ,' उनले भने।

प्रकाशित: Feb 23, 2022| 09:30 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।