बुधबार, असार १०, २०८३

जाजरकोटमा आन्तरिक सडक निर्माण धमाधम

कार्यालयले आव २०७७/७८ मा १६५ किलोमिटर सडक निर्माण गरेको थियो। सो आवमा ३९ वटा सडक निर्माण अघि बढाएको थियो। सो क्रममा तीन झोलुङ्गे पुल निर्माण गरिएका छन्।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

जाजरकोट- जिल्लामा आन्तरिक सडक निर्माणको काम धमाधम भइरहेको छ। गाउँ-गाउँमा सडक पहुँच विस्तार गर्न आर्थिक वर्ष २०७८/७९ मा भौतिक पूर्वाधार कार्यालयले २९ आन्तरिक सडक निर्माण थालेको छ। 

National life

कार्यालयले आव २०७७/७८ मा १६५ किलोमिटर सडक निर्माण गरेको थियो। सो आवमा ३९ वटा सडक निर्माण अघि बढाएको थियो। सो क्रममा तीन झोलुङ्गे पुल निर्माण गरिएका छन्। जनता आवास कार्यक्रमअन्तर्गत १७३ विपन्न परिवारका लागि घरसमेत निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीण कार्कीले जानकारी दिए।

आव २०७६/७७ मा कार्यालयलको चालुतर्फ ६६ प्रतिशत र पूँजीगततर्फ २१ प्रतिशत प्रगति विवरण रहेको छ। आव २०७७/७८ मा चालुतर्फ ७९ प्रतिशत र पूँजीगत ७१ प्रतिशत प्रगति भएको थियो। चालु आवको दोस्रो चौमासिकसम्म चालुतर्फ ४५ प्रतिशत र पूँजीगततर्फ नौ प्रतिशत मात्र प्रगति हासिल भएको कार्कीको भनाइ छ। 

१५ लाखभन्दा कमका योजना कार्यान्वन नगर्न मुख्यमन्त्री कार्यालयले पत्राचार गरेपछि केही योजनाको काम रोकिएको छ। विभिन्न ठाउँमा पक्की पुलको काम जारी छ। कार्यालयमा कर्मचारी अभावका कारण तोकिएको समयमा काम गर्न नसकिएको कार्की बताउछन्।   रासस 


प्रकाशित: Feb 23, 2022| 08:50 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।