शनिबार, साउन ३०, २०८३

धवलागिरि गाउँपालिकाद्वारा एम्बुलेन्स सञ्चालन

भौगोलिक रुपमा विकट उक्त गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिलाउन एम्बुलेन्स खरिद गरिएको छ।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

बेनी- म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ। भौगोलिक रुपमा विकट उक्त गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिलाउन एम्बुलेन्स खरिद गरिएको छ। 

विभिन्न प्रकृया पुरा गरी भारतबाट भन्सार छुटमा एम्बुलेन्स खरिद गरी कार्यविधि बनाएर सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए। ‘बिरामीलाई उपचारका लागि बेनी हुँदै पोखरा पुर्‍याउन यातायातमा मात्रै ३० हजारसम्म खर्च हुने गरेको छ’, उनले भने। समयमै सवारीसाधन पाउन मुस्कील हुने गरेको उनको भनाइ छ। समयमै र न्यून शुल्क तिरेर पुग्ने वातावरण सिर्जना गर्न एम्बुलेन्स सञ्चालन गर्न लागिएको पुनले बताए। 

गाउँपालिकाले काठमाडौंबाट १२ लाखमा एम्बुलेन्स खरिद गरेको जनाएको छ। गाउँपालिकाले दुई वर्ष अघि एम्बुलेन्स खरिदको प्रकृया अघि बढाएको थियो। कार्यपालिका बैठकमार्फत कार्यविधि निर्माण र समिति गठन गरी गाउँपालिकाको मातहतमा रहने गरी एम्बुलेन्स सञ्चालन गरिने बताइएको छ।  रासस

प्रकाशित: Feb 23, 2022| 06:51 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।