आइतबार, कात्तिक ८, २०८३

नेपालमा लगानी गर्न पाकिस्तानी उद्यमीहरुलाई राजदूत अधिकारीको आग्रह

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका उद्यमी–व्यवसायीहरूलाई नेपालमा लगानी गर्न र व्यापारका अवसरहरू खोज्न आग्रह गरेका छन्।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं- पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका उद्यमी–व्यवसायीहरूलाई नेपालमा लगानी गर्न र व्यापारका अवसरहरू खोज्न आग्रह गरेका छन्।

पाकिस्तानको सबैभन्दा पुरानो सुक्कर उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूसँग आज भएको छलफलमा उहाँले उक्त आग्रह गरेका हुन्।

राजदूत अधिकारीले नेपाल–पाकिस्तान सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै त्यसलाई अझ सुदृढ तुल्याउन आफू प्रतिबद्ध रहेको बताउनुभएको इस्लामावादस्थित नेपाली दूतावासले जनाएको छ। 

दुई देशबीचको आर्थिक सहकार्यको सम्भावनाबारे प्रकाश पार्दै उहाँले सांस्कृतिक र हिमाली पर्यटनको केन्द्र नेपाल दक्षिण एसियामा उत्कृष्ट आतिथ्यता उद्योग भएको मुलुकका रूपमा परिचित रहेको जानकारी गराएका थिए।

चेम्बरका अध्यक्ष आमिर अलीखान घौरी र सदस्यहरूले नेपाल भ्रमण गरी व्यापारका अवसरका बारेमा जानकारी लिने आश्वासन दिएका थिए। सुक्कर क्षेत्र कृषि उत्पादन, सुक्खा फल र मसला उद्योगका निम्ति प्रसिद्ध छ।

प्रकाशित: Feb 22, 2022| 23:45 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...