बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पशुपतिका भित्तामा शिवपार्वती, धुनी जगाउन ३३ हजार किलो दाउरा

पशुपतिका भित्तामा शिवपार्वती, धुनी जगाउन ३३ हजार किलो दाउरा

पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव, पार्वतीलगायत देवीदेवताका चित्रले आकर्षक चित्र बनाएपछि देखिन थालेको छ। विभिन्न स्थानमा रङरोगन पनि गर्न थालिएको छ। पशुपति क्षेत्रमा साधुसन्तको आगमन हुन थालिसकेको छ। पशुपति क्षेत्रका विभिन्न स्थानमा साधुसन्तका समूह बसेको देखिन्छ। हंसमण्डप क्षेत्रमा आगन्तुक साधुसन्तका लागि भोजनको व्यवस्था गरिएको छ।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं- पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप भित्तामा भगवान्का चित्र बनाएर आकर्षकरुपमा सजाउन थालिएको छ।

National life

पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव, पार्वतीलगायत देवीदेवताका चित्रले आकर्षक चित्र बनाएपछि देखिन थालेको छ। विभिन्न स्थानमा रङरोगन पनि गर्न थालिएको छ। पशुपति क्षेत्रमा साधुसन्तको आगमन हुन थालिसकेको छ। पशुपति क्षेत्रका विभिन्न स्थानमा साधुसन्तका समूह बसेको देखिन्छ। हंसमण्डप क्षेत्रमा आगन्तुक साधुसन्तका लागि भोजनको व्यवस्था गरिएको छ। 

पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको कार्यक्रममा महाशिवरात्रि पर्व व्यवस्थापनका लागि तीव्र गतिमा तयारीका काम भइरहेको जानकारी गराइएको छ। पर्व व्यवस्थापनका लागि कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा २५१ सदस्यीय मूल समिति गठन गरिएको जानकारी गराइएको छ। 

महाशिवरात्रिको तयारीमा १० उपसमिति

समितिअन्तर्गत १० वटा उपसमिति गठन गरेर तयारीका काम तीव्र गतिमा भइरहेको छ। सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, वातावरण तथा सरसफाइ जुत्ता चप्पल व्यवस्था उपसमिति गठन गरिएको छ।   

Shivam cement

यसैगरी स्वास्थ्य सेवा, मेला बजार तथा साजसजावट, स्वयंसेवक परिचालन र तथ्याङ्क तथा मूल्याङ्कन व्यवस्था गरी १० उपसमिति गठन गरी महाशिवरात्रिको तयारी पनि सुरु गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो। कोरोना महामारीको तेस्रो लहर सुरु भएसँगै माघ ५ गतेदेखि सर्वसाधारणका लागि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला गरिएको थियो। 

मूल समितिअन्तर्गत गठन भएका उपसमितिले कामलाई तीव्रता दिएका छन्। सुरक्षा उपसमितिले बुधबार बैठक गरेर तयारीलाई अन्तिमरुप दिने जनाएको छ।

धुनी जगाउन ३३ हजार किलो दाउरा

यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ। महाशिवरात्रिमा देश विदेशबाट भक्तजनको पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ। महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तको खाने, बस्ने एवं धुनीका लागि दाउराको व्यवस्था परम्परादेखि नै गुठी संस्थानले गर्दै आएको छ। यस वर्ष साधुसन्तका लागि धुनी जगाउन ३३ हजार किलो दाउराको व्यवस्था गरिएको संस्थानका अध्यक्ष पुण्यप्रसाद भुसालले जानकारी दिए। 

संस्थानले धुनीका लागि पशुपति क्षेत्रका निर्मल, भष्मेश्वर, राममन्दिर, श्रीगोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायत अखडामा दाउराको व्यवस्था गर्नेछ। यसैगरी नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिने जनाइएको छ। 

संस्थानले साधुसन्तको बिदाइका क्रममा गत वर्षभन्दा पारदर्शीरुपमा काम गर्ने पशुपति गोश्वारा कार्यालय प्रमुख सुशीला शर्मा घिमिरेले बताए। गत वर्षसम्म एकै जना साधुले मेरो समूहमा ३० जना छन् भनेपछि समूहकै दक्षिणा दिइन्थ्यो। यस वर्ष भने स्थलगतरुपमा अनुगमन गरेर व्यक्ति, व्यक्तिलाई दक्षिणा दिने व्यवस्था मिलाइएको छ।

महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तलाई तहअनुसार दक्षिणा दिने व्यवस्था परम्परादेखि रही आएको छ। यस वर्ष संस्थानले वरिष्ठ महन्तसँग अन्तक्र्रिया एवं सम्मान कार्यक्रमसमेत आयोजना गर्ने भएको छ। यस्तो कार्यक्रम पहिलोपटक गर्न लागिएको संस्थानका अध्यक्ष भुसालले बताए।

कोरोना महामारी कम भएकाले यस वर्ष महाशिवरात्रिमा पशुपति क्षेत्रमा सात हजार साधुसन्त आउने संस्थानको अनुमान छ। थापाथली त्रिपुरेश्वर क्षेत्रमा जनकपुरस्थित रामजानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा सन्तहरु आएर बस्ने संस्थानले जनाएको छ। 

महाशिवरात्रिका अवसरमा यस वर्ष थापाथली क्षेत्रको वैरागी अखडाले तीनदिने महायज्ञको आयोजना गर्ने भएको छ। जानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा पहिलोपटक महायज्ञ गर्न लागिएको हो। यज्ञ फागुन १५ गते सुरु भई फागुन १७ गते महाशिवरात्रिका अवसरमा समापन गर्ने तयारी भएको छ।

थापाथली त्रिपुरेश्वर क्षेत्रका वैरागी, उदासी, सन्यासी र गोरखनाथ अखडामा आउने साधुसन्तका लागि संस्थानको केन्द्रीय कार्यालयले नै बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्ने भएको छ। यस क्षेत्रका अखडामा आउने साधुसन्तका लागि पनि संस्थानले परम्परादेखि नै खाने, बस्ने एवं धुनीको व्यवस्थापन गर्दै आएको छ।


प्रकाशित: Feb 23, 2022| 05:10 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।