शनिबार, साउन ३०, २०८३

नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७.७ प्रतिशत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६०४ को पीसीआर परीक्षण तथा दुई हजार ८२० को एन्टिजेन परीक्षण गर्दा क्रमशः २९९ र १७७ गरी कूल ४७६ मा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख १४ हजार ७१ पुगेको छ।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा ४७६ कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६०४ को पीसीआर परीक्षण तथा दुई हजार ८२० को एन्टिजेन परीक्षण गर्दा क्रमशः २९९ र १७७ गरी कूल ४७६ मा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख १४ हजार ७१ पुगेको छ।

 यस अवधिमा ८३१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। योसँगै नेपालमा हालसम्म नौ लाख ५३ हजार ४३० सङ्क्रमणमुक्त भएका छन्। निको हुने दर ९७.७ प्रतिशत छ। हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ७४७ रहेका छन्। यस अवधिमा थप तीन जनाको मृत्यु भएसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२८ पुगेको छ।

प्रकाशित: Feb 22, 2022| 22:45 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।