शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वप्रधानमन्त्रीको गाडीमा ढुंगा हान्‍नेमाथि अनुसन्धान गर्दै गृह मन्त्रालय

पूर्वप्रधानमन्त्रीको गाडीमा ढुंगा हान्‍नेमाथि अनुसन्धान गर्दै गृह मन्त्रालय

गृहमन्त्रालयले हालका दिनमा केही समूहबाट सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पु¥याउने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं- गृहमन्त्रालयले हालका दिनमा केही समूहबाट सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पु¥याउने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिविधिबाट नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पुर्‍याउने कार्य भइरहेको जनाउँदै त्यस किसिमका कार्य नगरी दिन सम्बन्धित सबैमा ध्यानाकर्षण गराएको हो। 

'पूर्वप्रधानमन्त्री चढेको सवारी साधनमा अवरोध पुर्‍याउने र ढुंगा प्रहार गर्नेसम्मको हर्कत देखिएको र मन्त्रालयले त्यस्ता हिंसात्मक कार्यप्रति नेपाल सरकार भर्त्सना गर्दछ र त्यस्ता घटनामा संलग्‍न व्यक्ति छानबिनको क्रममा समेत रहेको स्पष्ट पारेको छ,' विज्ञप्तिमा उल्लेख छ। साथै यस्ता प्रकृतिका घटनाको सरकारले गम्भीरतापूर्वक निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ।

यही फागुन ८ गते आफ्नो निवासबाट संसद् भवन आउने क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चढेको सवारी साधनमा एमसीसीको विरोधमा प्रदर्शनकारीले सवारीमा ढुङ्गा प्रहार गरेका थिए।

जनताको प्रतिनिधिमूलक संस्था संसद्लाई लक्षित गरी माननीय सांसदलाई समेत संसद् भवनमा आवागमनका क्रममा अवरोध गर्ने र अपमान गर्ने गतिविधि देखिएको मन्त्रालयले जनाएको छ। 

सरकार नागरिकको जीउधनको सुरक्षा गर्न सदैव तत्पर रहेको तथा संवैधानिक र कानूनी हकको उपयोग गर्दै शान्तिपूर्ण प्रदर्शनप्रति सरकार र सुरक्षाकर्मीबाट उच्च संयमता अपनाइएको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: Feb 22, 2022| 21:00 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।