बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा बसेर भारतीयलाई ठगी गर्ने चिनियाँ 'नेक्सस', थप ८१ जना पक्राउ

नेपालमा बसेर भारतीयलाई ठगी गर्ने चिनियाँ 'नेक्सस', थप ८१ जना पक्राउ

आइतबार काठमाडौंको मध्य बानेश्‍वरबाट चिनियाँसहित ३७ जना पक्राउ परेकोमा सोमबार भत्कपुरबाट चिनियाँसहित थप ८१ जना पक्राउ परेका छन्।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं- नेपालमा बसेर नेपालीको नाममा कम्पनी सुरु गर्दै भारतीयहरुलाई ठगी गर्ने चिनियाँ नेक्ससको जालो तोड्न प्रहरी सक्रिय भएको छ। आइतबार काठमाडौंको मध्य बानेश्‍वरबाट चिनियाँसहित ३७ जना पक्राउ परेकोमा सोमबार भत्कपुरबाट चिनियाँसहित थप ८१ जना पक्राउ परेका छन्।

National life

अवैध रुपमा कल सेन्टर सञ्चालन गरेर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरको सानोठिमीस्थित कल सेन्टरबाट एक चिनियाँ नागरिकसहित ८१ जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी परिसर भक्तपुरसहितको टोलीले २९ वर्षीय चिनियाँ नागरिक वानजिनिओसहित ८१ जनालाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। भारतीय मुलका युवा युवतीलाई छोटो समयका लागि मिटर ब्याजका रुपमा रु पाँच हजारदेखि रु १० हजारसम्म ऋण दिएर उक्त ऋणको मिटर ब्याजसहित तोकिएको समयभित्र उठाउन ऋणीहरुलाई कल सेन्टरमार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य सञ्चालन गरेको पाइएको उनले बताए।

चिनियाँ नागरिक वानजिनिओ सनसिटी अपार्टमेन्टमा बस्दै आएको र नेपाली युवा युवतीहरु प्रयोग गरी कल सेन्टर सञ्चालन गरिरहेको उजुरी परेपछि आज प्रहरीले सानोठिमीमा तीन तले घर भाडामा लिई सञ्चालन गरेको कल सेन्टरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ४७ नेपाली महिला र ३३ पुरुष रहेका छन्। प्रहरीले सानोठिमीस्थित कल सेन्टरमा प्रयोग भइरहेको डेस्कटप कम्प्युटर १४ थान, ल्यापटप ४८ थान, आइप्याड दुई थानलगायतका उपकरण बरामद गरेको छ।

Shivam cement

प्रकाशित: Feb 22, 2022| 19:59 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।