मंगलबार, भदौ २, २०८३

ओली र अमेरिकी राजदूतबीच भेटवार्ता

मंगलबार दिउँसो ओलीसँग भेटका लागि बेरीले ओली निवास बालकोट पुगेका थिए। ओलीको सचिवालयले भेट भएको तर भेटमा भएका कुराकानीका विषयमा खुलाएको छैन।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। संसद्‍बाट एमसीसी पारित गर्ने प्रक्रिया सुरु भइरहेका बेला राजदूत बेरीले प्रतिपक्षका नेता ओलीलाई भेटेका हुन्। 

मंगलबार दिउँसो ओलीसँग भेटका लागि बेरीले ओली निवास बालकोट पुगेका थिए। ओलीको सचिवालयले भेट भएको तर भेटमा भएका कुराकानीका विषयमा खुलाएको छैन। 

एमसीसीमा संसदमा ८ फागुनमा टेबल भएको थियो। १२ फागुनमा संसदमा सैद्धान्तिक छलफलका निम्ति प्रक्रिया अघि बढ्नेछ। एमाले एमसीसीका विषयमा मौन बस्दै आएको छ। सरकारको नेतृत्वमा रहँदा ओलीले सभामुख अग्नि सापकोटाले एमसीसी सम्झौतालाई संसदमा टेबल गर्न नदिएको भन्दै आलोचना गर्ने गरेका थिए। 

संसदमा कांग्रेस एमसीसीको पक्षमा छ भने सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसीसी यथास्थितिमा पारित गर्न नहुने अडान राख्दै आएका छन्। यद्यपि गठबन्धन बैठकमा यी दुवै कम्युनिस्ट दलले एमसीसी संसदमा टेबल गर्न दिने सहमति जनाएका थिए। 

एमसीसी पारितका लागि अमेरिकाले १६ फागुनसम्मको समय दिएको छ। 

प्रकाशित: Feb 22, 2022| 17:58 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...