मंगलबार, भदौ २, २०८३

सामाजिक एकता पार्टी घोषणा

‘हामीले यो राष्ट्रलाई सामाजिक एकता कायम गरेर समृद्ध नेपाल निर्माण गर्नको निमित्त यो पार्टी गठन भएको छ। यसको मुख्य मान्यता र उद्देश्य कार्यकारी राष्ट्रपति र पारदर्शी सुशासन भ्रष्टाचार मुक्त नेपाल छ,’ अध्यक्ष गहतराजले भने।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं- निर्वाचन आयोगमा गत हप्ता दर्ता भएको सामाजिक एकता पार्टीको औपचारिक घोषणा भएको छ। मंगलबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सीबी गहतराजको अध्यक्षतामा सामाजिक एकता पार्टी घोषणा भएको हो। 

घोषणासभामा बोल्दै पार्टीका अध्यक्ष गहतराजले पार्टीमा २१ जना पदाधिकारी रहेको र १५१ जना केन्द्रीय समिति सदस्य रहेको बताए। 'एकताको सम्मान गरौँ समृद्ध नेपाल निर्माण गरौँ' भन्ने मूल नारासहित पार्टी घोषणा भएको थियो। अध्यक्ष गहतराजले पार्टीले आफ्नो मान्यता र उद्देश्य कार्यकारी राष्ट्रपति र पारदर्शी सुशासन भ्रष्टाचार मुक्त नेपाल बोकेको बताए।

‘हामीले यो राष्ट्रलाई सामाजिक एकता कायम गरेर समृद्ध नेपाल निर्माण गर्नको निमित्त यो पार्टी गठन भएको छ। यसको मुख्य मान्यता र उद्देश्य कार्यकारी राष्ट्रपति र पारदर्शी सुशासन भ्रष्टाचार मुक्त नेपाल छ,’ अध्यक्ष गहतराजले भने। 

घोषणासभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले नेपाली राजनीतिमा अहिले द्वैध चरित्रको विकास भइरहेको भन्दै यो परिपाटीलाई अन्त्य गर्नुपर्ने बताए। उनले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा फरक कुरा गरेर कहिल्यै पार्टी र राजनीतिको विकास नहुने बताए। 

‘काम गरेर अघि बढ्ने परम्पराको शुरुवात गरौँ। जनताको भावनालाई कदर गरौँ। सर्प देख्दा दुला बाहिर हात, माछा देख्दा दुलाभित्र हात गर्ने परिपाटीको विकास नेपालको राजनीतिमा भएको छ। जनतामा जाँदा एउटा कुरा गर्ने, सत्तामा जाँदा अर्को कुरा गर्ने पद्धतिको विकास भएको छ। त्यसको अन्त्यका लागि सामाजिक एकता पार्टी अघि बढोस् शुभकामना छ। हामी सत्तामा हुँदा एउटा कुरा र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्छौं। यो पद्धति हामीबाट नै अन्त्य गरौँ। नेपालको राजनीति पार्टीका नेताहरुमा अहिले वचन र इमान्दारिताको खडेरी परिरहेको छ। पार्टी खोलेर नाता, दाता, भ्राताहरुलाई राख्ने परिपाटी अन्त्य गर्नुपर्छ । यसको शुभकामना दिन चाहन्छु।’

खतिवडाले नेपाली राजनीतिमा नेताहरुमा वचन र इमान्दारिताको खडेरी परेको उल्लेख गरे। 

प्रकाशित: Feb 22, 2022| 16:19 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...