शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैंकिङ कसुरमा २२ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा २२ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरुमा २२ लाख रुपैयाँ जरिवानासहित ५ दिन कैद सजाय तोकिएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं- बैंकिङ कसुरुमा २२ लाख रुपैयाँ जरिवानासहित ५ दिन कैद सजाय तोकिएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका-८ का ४३ वर्षीय राम प्रसाद पाण्डे छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फागुन ९ गते उनलाई नेपालटार काठमाडौंबाट पक्राउ गरेको हो। 

बैंकिङ कसुरमा प्रतिवादी भएपनि पाण्डे फरार सहँदै काठमाडौंको तारकेश्वर-१० मनमैजुमा सृष्टि प्रफुल सप्लायर्स संचालन गर्दै आएका थिए। उनले एनआईसी बैंक लिमिटेड, मनमैजु शाखामा रहेको खातामा पर्याप्त रकम नै  नराखी झुक्याएर चेक दिएका थिए। तर चेकबाट रकम भुक्तानी नभएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।

प्रहरीले पाण्डेविरुद्ध मुद्दा चलाएर पाण्डेमाथि माघ २ गते अदालतले २२ लाख जरिवाना सहित ५ दिन कैदको फैसला सुनाएको थियो। उनलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्युरोका  प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिएका छन्। 


प्रकाशित: Feb 22, 2022| 15:16 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।