मंगलबार, भदौ २, २०८३

एमसीसीविरूद्धको रिट सर्वोच्चमा दर्ता भएन

प्रतिनिधिसभाको बैठकमा आइतबार प्रस्तुत भएको एमसीसी सम्झौताविरुद्ध दर्ता गर्न लागिएको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा आइतबार प्रस्तुत भएको एमसीसी सम्झौताविरुद्ध दर्ता गर्न लागिएको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ। नीतिगत विषयमा अदालत प्रवेश गर्न नमिल्ने भन्दै सर्वोच्च प्रशासनले रिट दरपीठ गरिदिएको हो। 

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसीसीविरुद्ध रिट दर्ताका लागि सर्वोच्चमा निवेदन दिएका थिए। भण्डारीले एमसीसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएकाले यसलाई अघि बढाउन नहुने जिकिर गरेका थिए।

एमसीसी सम्झौता अन्तर्राष्ट्रिय कानुन खासगरी भियना कन्भेन्सन १९६९ अनुसार सन्धिको श्रेणीमा नै नपर्ने हुनाले संसद्बाट अनुमोदन गर्नु नपर्ने उनको तर्क थियो।

सोही विषयलाई लिएर अधिवक्ता स्वागत नेपालले दर्ता गर्नै खोजेको रिट पनि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको छ।


प्रकाशित: Feb 22, 2022| 13:44 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...