शनिबार, साउन ३०, २०८३

शिवरात्रिमा १० लाख भक्तजन पशुपति आउने अनुमान

यस वर्षको शिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि १० लाख भक्तजन आउने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं– यस वर्षको शिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि १० लाख भक्तजन आउने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ।

महाशिवरात्रि पर्व २०७८ मूल समारोह समितिले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर पर्व व्यवस्थापनका विभिन्न पक्षहरुबारे जानकारी दिएको छ। 

भीड व्यवस्थापन गर्न करिब १० हजार सुरक्षाकर्मी परिचालित हुने कोषको भनाइ छ। मूल समितिले विभिन्न १० वटा उपसमिति पनि गठन गरेको छ। विगतका वर्षभन्दा यो वर्ष भव्य रूपमा पाशुपत क्षेत्र सजाइने बताइएको छ।

यस वर्षको महाशिवरात्रिमा सवा करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको परिषद्का सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए।

कोरोनाको तेस्रो लहर सकिएसँगै पशुपतिनाथको मूल मन्दिर शिवरात्रिअघि नै खोल्ने तयारी पनि कोषले गरेको छ। शिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनका लागि गुठी संस्थानले २८ लाख ६५ हजार ३७६ रुपैयाँ माग गरेको छ। शिवरात्रिको तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ।

पशुपतिनाथ दर्शनका लागि आउने साधुसन्तको स्तरअनुसार दक्षिणा दिन केन्द्रीय कार्यालयमा बजेट माग गरी पत्र पठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिइन्। यस वर्ष स्तरअनुसार ९५१, ७५१, ५५१, ३५१, २५१ र १५१ रुपैयाँ दक्षिणा साधुसन्तलाई दिने संस्थानको तयारी छ।

साधुसन्तलाई राम मन्दिर, अन्नपूर्ण भण्डार, गोरखनाथ मन्दिरलगायत स्थानमा राख्ने तयारी गरिएको छ। नागा बाबाहरुलाई भने पशुपतिनाथको मूल मन्दिरभित्र नै बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था हुनेछ।

यस वर्षको शिवरात्रि फागुन १७ गते मंगलबार परेको छ। साधुसन्तलाई फागुन १५ देखि १९ गतेसम्म आवासको व्यवस्था कोषले गर्नेछ।

प्रकाशित: Feb 22, 2022| 13:37 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।