मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भीम रावललाई स्पष्टीकरण सोध्नुपर्छ, सभामुखलाई संसदीय व्यवस्था थाहै छैन : महेश बस्नेत

भीम रावललाई स्पष्टीकरण सोध्नुपर्छ, सभामुखलाई संसदीय व्यवस्था थाहै छैन : महेश बस्नेत

नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको निर्णयविपरीत संसद्मा धारणा राखेको भन्दै नेता भीम रावललाई स्पष्टीकरण सोधिनुपर्ने बताएका छन्।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं– नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको निर्णयविपरीत संसद्मा धारणा राखेको भन्दै नेता भीम रावललाई स्पष्टीकरण सोधिनुपर्ने बताएका छन्। 

प्रेस चौतारी कैलालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले संसद्को नियमविपरीत रावललाई बोल्न दिएकोमा सभामुखसँग पनि आपत्ति जनाए। ‘शून्य समयमा सांसदले आफ्ना धारणा राख्न पाइने व्यवस्थाविपरीत सभामुखले भीम रावललाई बोल्न दिएका छन्। यो आपत्तिको विषय हो। रावलले पनि पार्टीको निर्णय विपरीत संसद्मा बोलेका छन्। यस विषयमा पार्टीको संसदीय दलमा पनि गुनासो छ, उहाँलाई स्पष्टीकरण सोधिनुपर्छ।’ 

नेता बस्नेतले सभामुख अग्निप्रसाद सापकोटा दलीय व्यवस्थाबारे जानकार नै नरहेको आरोप लगाए। ‘उहाँले गुरिल्ला शासन व्यवस्थाबारे अध्ययन गरेको जस्तो देखिन्छ। त्यही व्यवस्थाअनुसार उहाँ अघि बढ्न खोज्दै हुनुहुन्छ। संसदीय व्यवस्थाअनुसार सभामुखको भूमिका निर्वाह गर्न उहाँ असफल हुनुभएको छ।’

बस्नेतले प्रचण्ड र माधव नेपालका कारण एमसीसी गिजोलिएको बताए। दुई नेताले संसद्मा एउटा र बाहिर एउटा बोल्दै एमसीसीलाई विवादको विषय बनाएको र उनीहरूकै कारण एमसीसी अन्तर्राष्ट्रियकरण भएको बस्नेतले बताए । ‘यता पनि ठिक्क, उता पनि ठिक्क हुने प्रचण्ड र नेपालको शैलीका कारण आज नेपाल विवादित बन्न पुगेको छ। दुईजनाका कारण नेपालको सार्वभौमसत्तामाथि आँच आउन थालेको छ, यसको जिम्मेवारी उनीहरूले नै लिनुपर्छ,’ उनले भने।

सत्ता गठबन्धन कायम रहँदासम्म एमाले एमसीसीका विषयमा केही नबोल्ने बताउँदै उनले गठबन्धन टुटे आफ्ना धारणा राख्ने बताए। गठबन्धन कायमै रहेका बेला एमालेले एमसीसी पारित गर्न सहयोग नगर्ने उनले स्पष्ट पारे।

प्रकाशित: Feb 22, 2022| 13:26 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...