काठमाडौं– काठमाडौंको बलम्बुमा एक किशोर मृत भेटिएका छन्। स्थानीय खोलामा उनको शव भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
आज बिहान साढे ८ बजेतिर बालकको शव फेला परेको हो। मृतक उदयपुर घर भई चन्द्रागिरी–१२ बस्ने दीपकुमार राउतका १४ वर्षीय छोरा अनिष राउतको भएको खुलेको छ।
शव पानीमा डुबिरहेको अवस्थामा फेला परेको थियो। शवमा कुनै चोटपटक भने नदेखिएको प्रहरीले बताएको छ।
घटनास्थलमा शिक्षण अस्पतालका फरेन्सिक विज्ञ र प्रहरीको टोली पुगेको छ।