बुधबार, असार १०, २०८३

चोरीका पल्सर मोटरसाइकलसहित दुईजना पक्राउ

चोरीका मोटरसाइकलसहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं– चोरीका मोटरसाइकलसहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ।  

National life

सादा पोसाकमा खटिएको ट्राफिक टोलीले काठमाडौंको सामाखुशीबाट महोत्तरीको बर्दीबास घर भई कपन बस्ने वर्ष २० का सञ्जय विश्वकर्मा र संखुवासभाको खाँदबारी घर भई काठमाडौं बस्ने रमेश राईलाई पक्राउ गरेको हो।

दुवैले वास्तविक नम्बर परिवर्तन गरी अर्को नम्बर राखेर एनएस पल्सर मोटरसाइकल चलाएको भेटिएको प्रहरीले जनाएको छ। मोटरसाइकलसहित पक्राउ परेका दुवैलाई चोरी मुद्दा अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्जमा पठाइएको ट्राफिक महाशाखाले जानकारी दिएको छ।


प्रकाशित: Feb 22, 2022| 11:21 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।