बिहीबार, असार ११, २०८३

लमजुङमा पुनः भूकम्पको धक्का

गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

लमजुङ- गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ। गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

National life

अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ। गए राति भूकम्प जाँदा अधिकांश मानिस निद्रामा भएका बेला भूकम्पले उठाएको थियो। यस भूकम्पको धक्का जिल्लाभरिका स्थानीयवासीले महसुस गरेको बताइएको छ।

जिल्लामा यसअघि गत माघ २३ गते दोर्दी गाउँपालिका-८ बन्सार केन्द्रविन्दु तीन दशमलव दुई रेक्टर स्केलकै भूकम्प गएको थियो।

त्यस्तै माघ १३ गते क्व्होलासोथर गाउँपालिका-१ बागलुङपानी केन्द्रविन्दु बनाएर दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो। जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुने गरेको छ। जेठयता हालसम्म गएको भूकम्पले कुनै मानवीय तथा भौतिक क्षति नगरे पनि जेठ ५ गते आएको भूकम्पले भने मानवीयदेखि भौतिक क्षति पुर्‍याएको थियो।  


प्रकाशित: Feb 22, 2022| 07:41 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।