बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाउँपालिकाद्वारा दीर्घरोगीलाई उपचारका लागि आर्थिक सहयोग

गाउँपालिकाद्वारा दीर्घरोगीलाई उपचारका लागि आर्थिक सहयोग

मृटु, मिर्गौला तथा क्यान्सरपीडित व्यक्तिका लागि पालिकाले यातायात खर्चवापत छ हजार नगद सहयोग गर्दै आएको हो।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

पाल्पा- पाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ। मृटु, मिर्गौला तथा क्यान्सरपीडित व्यक्तिका लागि पालिकाले यातायात खर्चवापत छ हजार नगद सहयोग गर्दै आएको हो।

National life

गाउँपालिकाले मुटुरोगी २१, मिर्गौलारोगी १९, क्यान्सरपीडित १५ गरी कूल ५५ र अर्थाीक अभावका कारण उपचारमा समस्या भएका विपन्न नागरिक नौ गरी कूल ६४ जनालाई आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए।

गाउँपालिकाले विपन्न नागरिक औषधोपचार कोषबाट २३ नागरिकलाई उपचारका लागि सिफारिस गरेको छ। जुन कोषबाट विपन्न परिवारका नागरिकले एक लाख बराबरको उपचार सुविधा पाउने स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए। प्रदेश सरकारबाट विनियोजन रकमबाट स्वास्थ्य उपचारका लागि एक जनालाई सिफारिस गरिएको छ।

गाउँपालिकाभित्रका आठ वडाका मुटु, मिर्गौला र क्यान्सरपीडित बिरामीका उपचारमा सहयोगस्वरूप यातायात खर्च नगद रकम सहयोग प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख अधिकारी बताउछन्। रिब्दीकोट गाउँपालिका अध्यक्ष जिसीले गाउँपालिकाभित्रका वडाका रोगबाट पीडित नागरिकलाई रकम हस्तान्तरण गरिएको उनले बताए।  रासस

प्रकाशित: Feb 22, 2022| 06:50 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।