आइतबार, जेठ १७, २०८३

प्रदेश १ : साढे ३ महिनापछि बोलाइयो प्रदेश सभाको बैठक बोलाइयो

प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आगामी आइतबार बस्‍ने भएको छ। गत मंसिर १ गते मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएपछि स्थगित भएको बैठक साढे ३ महिना पछि बस्ने भएको हो।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८
National life
Shivam cement

विराटनगर- प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आगामी आइतबार बस्‍ने भएको छ। गत मंसिर १ गते मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएपछि स्थगित भएको बैठक साढे ३ महिना पछि बस्ने भएको हो।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले नवौं हिउँदे अधिवेशनको सातौं बैठक फागुन १५ गते दिउँसो १ बजेका लागि बोलाइएको बताए।  सचिव पराजुलीका अनुसार त्यही दिन बिहान बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तयार पारेपछि प्रदेशसभामा छलफल अघि बढाइने छ। उनले संसदमा विभिन्न तीन विधेयकको विषयमा समेत छलफल हुने बताए। प्रदेश सरकार आर्थिक तथा वित्तीय कार्यविधी, प्रदेश सरकार ऐन संशोधन विधेयक र प्रदेश अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयकमा छलफल हुने सचिव पराजुलीले बताए। 

प्रदेश सभाको बैठकमा प्रदेश नामाकरणको विषयमा साझा र सहमतिको प्रयास हुने आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए। प्रदेश नामाकरणका लागि समन्वय तथा सहजीकरण गर्न स्वास्थ्य मन्त्री जयराम यादवलाई प्रदेश सरकारले जिम्मेवारी दिएको छ।

प्रकाशित: Feb 21, 2022| 18:46 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।