शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच ५१ बुंदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको छ।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच ५१ बुंदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको छ।

सोमबार शिक्षा मन्त्रालय र महासंघविच महानिर्देशक चुडामणि पौडेलको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको हो। नेपाल शिक्षक महासंघका सह अध्यक्ष पूर्णप्रसाद दवाडीसहितको गठित कार्यदलले मागहरूका सम्बन्धमा छलफल गरी आफूहरुको मागको विषय, वर्तमान अवस्था र गर्नुपर्ने कामहरूको कार्यसूची सहित तयार पारेको तालिकावद्ध ५१ बुँदे प्रतिवेदन मन्त्रालयलाई फागुन १ गते बुझाएको थियो।

शिक्षा मन्त्रालय र महासंघ बीच भएको सहमतिमा विगतमा विभिन्न समयमा मन्त्रालय र नेपाल शिक्षक महासंघ बीच भएका सहमति तथा समझदारी एवं नेपाल शिक्षक महासंघले नेपाल सरकार समक्ष गत वैशाखमा पेश गरेको ३४ बँदे मागपत्रको आधारमा तयार पारिएको प्रतिवेदन कार्यान्वयनमा सरकार सकारात्मक देखिएको छ।

मन्त्रालयमा पेश गरेको उक्त प्रतिवेदन कानून सम्मत ढङ्गले लागु गर्ने प्रतिवद्धताका साथ कार्यान्वयनमा लैजान दुवै पक्ष सहमत भएका हुन्। 


प्रकाशित: Feb 21, 2022| 18:25 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।