मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • शिक्षालाई विकाससँग जोडे लगानीको प्रतिफल सुनिश्चित गर्न सकिन्छ : प्रम देउवा

शिक्षालाई विकाससँग जोडे लगानीको प्रतिफल सुनिश्चित गर्न सकिन्छ : प्रम देउवा

प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षालाई विकाससँग जोड्न सके शिक्षा प्रणालीमा राज्यले गरेको लगानीको प्रतिफल सुनिश्चित गर्न सकिने बताएका छन्।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं- प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षालाई विकाससँग जोड्न सके शिक्षा प्रणालीमा राज्यले गरेको लगानीको प्रतिफल सुनिश्चित गर्न सकिने बताएका छन्। 

लुम्बिनी बौद्ध विश्वविद्यालयको आज भएको १३औँ सभामा उहाँले राज्यले शिक्षा प्रणालीमा गरेको लगानीबाट आर्जित उपलब्धिले देशको भावी गन्तव्य निर्धारणमा ठूलो महत्व हुने उल्लेख गरे।

यस सन्दर्भमा लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन र शिक्षाको माध्यमबाट सरकारले अङ्गीकार गरेका दिगो विकास नीतिलाई सहायक सिद्ध हुने गरी प्राज्ञिक क्रियाकलापहरू अघि बढाउनसमेत प्रधानमन्त्री देउवाले आग्रह गरे।

उनले भने, 'विश्वभरका बौद्ध समाजको आस्था तथा श्रद्धाको केन्द्र एवं नेपालको गौरवपूर्ण निधिका रूपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनीमा सन् १९९८ मा आयोजित प्रथम विश्व बौद्ध सम्मेलनबाट पारित निर्णयको जगमा स्थापित यस विश्वविद्यालयको आफ्नै वैशिष्ट्य र उपादेयता रहेको छ। सन् २००४ मा पुनः नेपालमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले यस विश्वविद्यालयलाई बौद्ध दर्शन, शिक्षा, साहित्य र संस्कृतिबारे अध्ययन गर्न विश्वभरबाट आउने इच्छुक विद्यार्थी, जिज्ञासु तथा शोधकर्ताहरूलाई सहयोग पुर्‍याउने गरी अन्तर्राष्ट्रिय बौद्ध विश्वविद्यालयका रूपमा विकास गर्दै लैजानु उपयुक्त हुने निर्णय गरेअनुसार तदनुरूप विकास र विस्तार गर्दै जानुपर्ने खाँचो रहेको छ।'

पाँचौं शताब्दीमा चिनियाँ प्रसिद्ध यात्री फाहियान र सातौँ शताब्दीमा हुयन्सानका यात्रा वर्णनका अभिलेखहरूमा तिथि–मितिसहित उल्लेख भएका अशोक स्तम्भहरू र अन्य पुरातात्विक वस्तुहरूका आधारमा शाक्यमुनि बुद्ध, कनकमुनि बुद्ध र क्रकुच्छन्द बुद्धका पावन स्थलहरूसहितको इतिहास बोकेको क्षेत्रका रूपमा नेपाल विश्वभर स्थापित भइसकेको छ । उनले यसलाई निरन्तर प्रबर्द्धन गर्दै जाने कार्यमा विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यस विश्वविद्यालयले बौद्ध धर्म र दर्शनसम्बद्ध अध्ययनका विभिन्न विधाहरूको अध्ययन–अध्यापन गराउनाका साथै पाली, संस्कृत, नेपाली र भोट भाषामा सङ्गृहित बौद्ध शिक्षालाई समयसापेक्ष परिष्कृत र जीवनोपयोगी बनाउँदै अघि बढ्न आवश्यक रहेकामा प्रधानमन्त्री देउवाको जोड थियो। 

प्रधानमन्त्री देउवाले विश्वविद्यालय स्थापनाका मर्म र उद्देश्यको मनन गर्दै  हालसम्म भए गरेका भौतिक संरचना विकास, शैक्षिक कार्यक्रमको विस्तार, अनुसन्धान र प्रकाशनलगायत प्राज्ञिक क्रियाकलापहरुको मूल्याङ्कन गर्दै आगामी दिनमा अघि बढ्ने योजना तयार गर्न बैठकले मार्गदर्शन गर्ने अपेक्षा गरे।

प्रकाशित: Feb 21, 2022| 19:40 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...