बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भाषा हरेक राष्ट्र र समुदायको मौलिक पहिचान हो : उपराष्ट्रपति पुन

भाषा हरेक राष्ट्र र समुदायको मौलिक पहिचान हो : उपराष्ट्रपति पुन

अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन (युनेस्को) काठमाडौंसँगको सहकार्यमा आज आयोजना गरिएको मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले ऐतिहासिक कार्य लेखन भाषामार्फत नै हुने भएकाले भाषाको विकास नभए देशको विकास नहुने बताए।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले भाषा हरेक राष्ट्र र समुदायको मौलिक पहिचान भएको बताएका छन्। 

National life

अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन (युनेस्को) काठमाडौंसँगको सहकार्यमा आज आयोजना गरिएको मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले ऐतिहासिक कार्य लेखन भाषामार्फत नै हुने भएकाले भाषाको विकास नभए देशको विकास नहुने बताए।

उनले भने, 'भाषा, कला, संस्कृतिका क्षेत्रमा नेपाल विश्वमै धनी देश हो, यहाँ सयौँ भाषाभाषीहरू रहेका छन्, भाषाको विकास गर्न नसके देशको विकास हुन गाह्रो छ।' सोही कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल प्रज्ञा–प्रतिष्ठानले करिब ४० प्रतिशत भाषाहरू लोप हुन थालेको जानकारी गराएकाले हाम्रा भाषा, कला, संस्कृति तथा मौलिक परम्पराको सधैँ जगेर्ना गर्नुपर्ने धारणा राखे। 

अंग्रेजी भाषालाई अहिले बढी प्रयोगमा ल्याइने गरेका कारण पनि नेपाली मौलिक तथा मातृभाषा लोप हुन थालेकोप्रति इंकित गर्दै उपराष्ट्रपति पुनले भने, 'जुनसुक्कै भाषा सिक्नु राम्रो हो तर आफ्नो मौलिक भाषा, कला तथा संस्कृति बिर्सिनु राम्रो होइन।' यसैगरी उपराष्ट्रपति पुनले देशमा हाल उत्पन्न भइरहेका केही विवादका विषयमा सबैको राष्ट्रिय सहमति गराएर समस्या हल गर्नुपर्नेमा समेत जोड दिए।

सोही कार्यक्रमका विशिष्ट अतिथि तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भाषा बिना इतिहाससँग सम्बन्धित सामग्रीको समेत कल्पना गर्न नसकिने बताउँदै भाषाको जगेर्ना गर्न अति आवश्यक रहेको बताए। उनले भने, 'भाषा भनेको आफ्नो मौलिक पहिचान गराउने चीज हो, लोप भइरहेका भाषा संरक्षण गर्नु आजको आवश्यकता हो।' 

Shivam cement

यसैगरी मन्त्री आलेले नेपाली भाषा, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धनका लागि आफूसहित पर्यटन मन्त्रालय पूर्णरूपमा कटिबद्ध भएको बताए। यसैगरी मन्त्री आलेले सांकेतिक भाषा प्रयोग गर्नेहरूका हकमा त्यही भाषा नै उनीहरूको मातृभाषा भएको विचार व्यक्त गरे। 

प्रकाशित: Feb 21, 2022| 20:00 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।