काठमाडौं- बैतडीमा टिपर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। पाटन नगरपालिका –३, डबरा भन्ने स्थानमा उक्त टिपर दुर्घटना भएको हो।
निर्माण व्यवसायीको टिपरमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा सात जनाको मृत्यु छ। उनीहरु सबै विद्यार्थी भएको बताइएको छ। टिपरमा सिगास माबिका विद्यार्थीहरु सवार रहेको बताइएको छ।
टिपरमा दुई दर्जन बढी विद्यार्थी सवार भएको अनुमान गरिएको छ।