काठमाडौं– सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ। आज काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले संसद्मा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
बैठकपछि पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसीको विपक्षमा पार्टीले मतदान गर्ने र विपक्षमा मतदान गर्न अन्य पार्टीहरुलाई पनि वातावरण सिर्जना गर्ने निर्णय भएको बताए। उनले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने पनि बताए।
प्रवक्ता खतिवडाले भने, ‘हामी आफ्नो पार्टीको पोजिसन स्पष्ट गर्न चाहन्छौं। हिजो दर्ता गरिएको एमसीसी प्रस्तावको विपक्षमा मतदान गर्ने र वातावरण निर्माण गर्ने दुवै काममा हामी लाग्नेछौं। सरकारमा जानु हाम्रो राष्ट्रिय आवश्यक्ता थियो। सरकारमा बस्ने र निस्किने कुरा समयले निर्धारण गर्छ।’