मंगलबार, भदौ २, २०८३

उपराष्ट्रपतिसमेत बोले एमसीसीबारे

उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौता राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने बताएका छन्।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौता राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने बताएका छन्।

सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वसलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन्। पुनले  ‘एमसीसी’ शब्द त उच्चारण गरेनन् तर राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयहरुमा मतभिन्नता प्रकट भइरहेको भन्दै दूरगामी महत्वको विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुने बताए। राष्ट्रिय सहमति नभएको अवस्थामा राजनीतिक द्वन्द्वको खतरा हुने उनले उल्लेख गरे।

उपराष्ट्रपति पुनले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिए। मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउँदा सम्बन्धित समुदायलाई सरकारी सेवा लिन सहज हुने उनको भनाइ थियो।


प्रकाशित: Feb 21, 2022| 17:00 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...