मंगलबार, भदौ २, २०८३

एमसीसी आन्दोलनमा प्रहरी पिटिएकोमा ओलीको आक्रोश

‍कीर्तिपुरस्थित कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित कवि गोष्ठीमा सम्बोधन गर्न पुगेका ओलीले यस्तो बताएका हुन्।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी आन्दोलनमा प्रहरीमाथि भएको ढुंगामुढा भएको विषयमा आक्रोश पोखेका छन्। गृहमन्त्री बालकृष्ण खाँडमाथि प्रश्न गर्दै ओलीले प्रहरीमाथि नै ढुंगामुढा गर्न आदेश किन दिएको भन्दै प्रश्नसमेत गरेका छन्। 

‍कीर्तिपुरस्थित कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित कवि गोष्ठीमा सम्बोधन गर्न पुगेका ओलीले यस्तो बताएका हुन्। 

'ढुंगा खान पुलिसलाई सडकमा किन पठाएको? गृहमन्त्रीलाई पनि सोधेँ। सत्ताधारी दलले आन्दोलन गरेको छ। कति मेहनतमा बाटो बनाइएको छ। किन भत्काइएको? क्रान्तिकारी भन्नेहरुले?,' ओलीको प्रश्न थियो, 'सडक नभत्काऔँ न भन्ने कोही छैन? ढुंगा हानेका छन्, तोडफोड गरेका छन्। प्रहरीले केही गर्न नहुने। २५ जनाले ढुंगा हानेको छ। डेढ सय पुलिस ढाल उठाएर भागेको छ। एकथरीले प्रहरी सडकमा पठाउँछ केही नगर्नू भनेर हुन्छ? के आदेश थियो? ढुंगा र इट्टामात्रै हान्न पाउने आदेश थियो?'

आफैँ सरकारमा बसेर सडकमा तमासा गरेको भन्दै ओलीले प्रचण्डको पनि तीव्र आलोचना गरेका थिए। 'सरकारमा बसेर तमासा गर्ने। (प्रचण्डतर्फ लक्षित गर्दै) आफू मूर्तिझैँ चुप लागेर बस्ने (संसदमा) दायाँबायाँकालाई नारा लगाऊ भन्ने? एमसीसी आफैँ सही गर्ने आफैँ टेबल गर्ने तर सडकमा किन तमासा,' उनले भने। 

प्रकाशित: Feb 21, 2022| 16:27 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...