काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन्।
संसद्मा टेबुल भएको एमसीसीका विपयमा उनले पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन्। देउवाले शीर्ष नेताहरूसँगको बैठक आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरेका छन्।
एमसीसीका साथै बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको रणनीतिबारे छलफल हुने बताइएको छ।