बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनहरी गाउँपालिकाको सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा

मनहरी गाउँपालिकाको सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा

मनहरी गाउँपालिका तथा हेटौँडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको दुई महिनापछि सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको सो गाउँपालिकाले जनाएको छ।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

मकवानपुर- स्थानीयस्तरमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको वडा नम्बर ७ मा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ।

National life

मनहरी गाउँपालिका तथा हेटौँडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको दुई महिनापछि सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको सो गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले दुई जना कर्मचारी र भवनको भौतिक सुधार गर्ने गरी प्रत्येक दिन सेवा उपलब्ध गराउने गरी सामुदायिक आँखा केन्द्र स्थापना गरिएको सो गाउँपालिकाका अध्यक्ष एकराज उपे्रतीले जानकारी दिए।

उक्त आँखा उपचार केन्द्रका लागि होण्डाइ मोटर फाउण्डेशन र पोगंसाई विश्व विद्यालय दक्षिण कोरियाद्वारा २० लाख मूल्य बराबरको उपकरण उपलब्ध गराइएको बताइएको छ। आँखा उपचार केन्द्रको आज एक कार्यक्रमबीच सो गाउँपालिकाका अध्यक्ष उप्रेती र हेटौँडा सामुदायिक आँखा अस्पतालका केन्द्रीय सदस्य सिद्दीलाल श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका हुन्।

यसअघि हेटौँडा सामुदायिक अस्पतालले मकवानपुरको बागमती गाउँपालिकामा पनि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको सो अस्पताल प्रशासनले जनाएको छ। 

प्रकाशित: Feb 21, 2022| 12:11 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।