बिहीबार, असार ११, २०८३

सडक र पुलको काममा तीव्रता दिन आग्रह

वीरेन्द्रनगर नगरपालिका १२ र १३ जोड्ने निर्माणाधीन नेवारेखोला पुल तथा ४ स्थित निर्माणाधीन सडकको अनुगमनको क्रममा उनले आइतबार निर्माण व्यवसायीलाई जतिसक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन्।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

कर्णाली- कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले प्रदेशमा निर्माणाधीन सडक र पुलको काममा तीव्रता दिन निर्देशन दिएका छन्।

National life

वीरेन्द्रनगर नगरपालिका १२ र १३ जोड्ने निर्माणाधीन नेवारेखोला पुल तथा ४ स्थित निर्माणाधीन सडकको अनुगमनको क्रममा उनले आइतबार निर्माण व्यवसायीलाई जतिसक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन्। विसं २०७६ असार ३१ मा सम्झौता भई दुई करोड ३७ लाख बजेटमा निर्माण कार्य सुरु भएको नेवारे खोला पुल आयोजनाको उनले स्थलगत अनुगमन गरेका थिए।

उक्त पुल निर्माणको जिम्मा आशिष हाम्रो जेभी सुर्खेतले लिएको छ। विसं २०७७ असार २० गते सम्पन्न गर्नुपर्ने उक्त आयोजनालाई बेलाबेलामा ताकेता गरे पनि काम नसकेको र अहिले २०७८ चैत ३० गतेसम्म म्याद थपिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका इञ्जिनियर सूर्य शाहीले जानकारी दिए। उनका अनुसार पुलको भौतिक प्रगति ८० प्रतिशत भएको छ। २५ मिटर स्पान भएको पुल बन्न ढिलाइ भएपछि आवतजावत गर्न समस्या भएको स्थानीयले जनाएका छन्। 

त्यसैगरी, मन्त्री रोकायले दुई करोड ७४ लाख बजेटमा निर्माण भइरहेको प्रदेश राजधानी वीरेन्द्रनगर प्लानिङ क्षेत्र सहरी सडक आयोजनाको पनि स्थलगत अनुगमन गरेर तोकिएको समयमै काम गर्न निर्माण व्यवसायी मजदुर कन्स्टक्सन सुर्खेतलाई निर्देशन दिएका थिए। निर्माणका लागि विसं २०७६ पुस २० गते सम्झौता गरी विसं २०७७ माघ १७ मा सम्पन्न गर्ने उक्त आयोजनाको काममा ढिलाइ हुँदा विसं २०७८ चैत मसान्तसम्म म्याद थप गरिएको इञ्जिनियर शाहीले बताए। 

इञ्जिनियर शाहीका अनुसार प्रदेश सरकारअन्तर्गत कालुञ्चोक-रत्न राजमार्ग, साहारा भाडापसल-रातोपुल-एरिचोक सडक, रत्न राजमार्ग-हटलाइन र मसुरी खेतसम्को सडक निर्माण कार्य तीव्ररुपमा अघि बढिरहेको छ।   रासस

Shivam cement

प्रकाशित: Feb 21, 2022| 10:53 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।