काठमाडौं- रोल्पाको लुङग्री गाउँपालिका-४, जलुकेमा गए राति टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा लुङग्री गाउँपालिका-२ का ३७ वर्षीय अमृतबहादुर वली रहेका छन्।
दुर्घटनामा घाइते भएका वलीको उपचारका क्रममा सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा टिपर चालक घाइते छन्। चालकलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको छ।
लमहीबाट इँटा लिएर सिर्पतर्फ जाँदै गरेको रा१ख १७८७ नम्बरको टिपर अनियन्त्रित भएर पल्टिएको थियो।