शुक्रबार, असार १२, २०८३

ट्रक दुर्घटना हुँदा १२ जना घाइते

कैलालीमा ट्रक दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

धनगढी- कैलालीमा ट्रक दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आइतबार बेलुकी जिल्लाको गौरीगंगा नगरपालिका-१० गणेश सामुदायिक वनस्थित हसुलिया बडैपुर सडकखण्डमा हसुलियाबाट धनगढी आउँदै गरेको सुपप्र ०१००१ क २०२७ नम्बरको मिनीट्रक पल्टिँदा १२ जना घाइते भएका छन्।

National life

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार जोशीपुर गाउँपालिका-४ का ३४ वर्षीय गुलाब चौधरीले चलाएको उक्त ट्रक दुर्घटनामा ट्रकमा सवार गौरीगंगा-७ की ५५ वर्षीया रामकलीया चौधरी, ५० वर्षीया छडनी चौधरी, ५० वर्षकै कालीचरण चौधरी, ३३ वर्षीय रविन्द्र चौधरी र जनक चौधरी घाइते भएका छन्।

त्यस्तै, ५ वर्षीया भागरथी चौधरी, १२ वर्षीय सोम चौधरी, १७ वर्षीया ममता चौधरी, १५ वर्षीय अनिल चौधरी, २२ वर्षीय अर्जुन चौधरी, ३२ वर्षीया रंगीना चौधरी र जोशीपुर-३ का ३७ वर्षीय राजाराम चौधरी घाइते भएका छन्। उनीहरूको सौगात मेडिकल हल मसुरियामा उपचार भइरहेको र घाइते १२ जनामध्ये ५ जनालाई रिफर गरिएको बताइएको छ।

रामकलीया, कालीचरण, जनक, भागरथी र ममतालाई धनगढीस्थित निसर्ग अस्पतालमा रिफर गरिएको हो। ट्रक चालकले मापसे गरेको पाइएको र उनलाई इलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 21, 2022| 09:29 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।