काठमाडौं- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डको भूमिका प्रति आपत्ति जनाएका छन्।
उनले एमसीसीलाई संसद्मा टेबुल गर्न सहमति गरेर कार्यकर्तालाई सडकमा आन्दोलनका लागि उतार्नु उनीहरूको गलत भूमिका भएको बताएका हुन्।
नेता बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, 'एमसीसी छाती ठोकेर पास गर्छुभन्दै आएका देउवासँग सत्ता गठबन्धन गर्ने माधव-पुकदा, संसदमा टेबुल गर्न सहमति दिने पनि उनै, सडकमा कार्यकर्ता उफार्ने नि उनै। पुलिस लगाएर चुटाउने नि उनै। दमन भो भन्ने पनि उनै। कम्फरटेवलको अर्थ त बल्ल बुझियो!'
एमसिसी छाती ठोकेर पास गर्छु भन्दै आएका देउबासंग सत्ता गठबन्धन गर्ने माधब-पुकदा,संसदा टेवुल गर्न सहमति दिने पनि उनै,सडकमा कार्यकर्ता उफार्ने नि उनै.पुलिस लगाएर चुटाउने नि उनै,दमन भो भन्ने पनि उनै।कम्फरटेवलको अर्थ त बल्ल बुझियो!
— Gokul Prasad Baskota (@GokulPBaskota) February 21, 2022