काठमाडौं- एमाले उपमहासचिव विष्णु रिमालले गठबन्धन दल ‘घिउ बेचुवा र तरबार बेचुवा’ जस्तो भएको आरोप लगाएका छन्।
उनले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीको दल र सभामुखको दल दुवै एमालेलाई देखाएर एक अर्कामाथि हाबी हुने दाउमा रहेको बताए। उनले सत्ता गठबन्धनकै नेताहरू क्याबिनेटमा सुरक्षा कडा बनाउने निर्णय गर्ने अनिसडकमा हिंसात्मक विरोधमा कार्यकर्तालाई उकास्ने आरोप लगाएका हुन्।
'‘हाउस’मा दलको जानकारी बेगर सिखण्डी खडा गरेर बहस पनि यसैगरी, निर्णय पनि यसैगरी हुने भन्दै कपटपूर्ण अभ्यासमा ‘गठबन्धन छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
‘गठबन्धन’वालाहरू-
— Bishnu Rimal (@BishnuRimal) February 21, 2022
‘घीऊ बेचुवा र तरवार वेचुवा’जस्ता!
प्रमको दल र सभामुखको दल दुबै
एमालेलाई देखाएर एक-अर्कामाथि हावी हुने दाउमा छन्।
क्याविनेटमा सुरक्षा टाईट गर्ने निर्णय गर्ने,
सडकमा हिंसात्मक बिरोधमा कार्यकर्तालाई उकास्ने …