बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पश्चिमी न्यून प्रणालीको प्रभाव : देशका केही स्थानमा वर्षा हुने

पश्चिमी न्यून प्रणालीको प्रभाव : देशका केही स्थानमा वर्षा हुने

हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं- हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

National life

महाशाखाका अनुसार सोमबार बिहान प्रदेश नम्बर १ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। यस्तै पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ। 

यस्तै राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। दिउँसो पनि पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: Feb 21, 2022| 06:33 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।