मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमसीसीमा जनमोर्चाको असहमति, सांसद पौडेलले भनिन् - गठबन्धन टुट्न हुँदैन

एमसीसीमा जनमोर्चाको असहमति, सांसद पौडेलले भनिन् - गठबन्धन टुट्न हुँदैन

सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसद्मा टेबल गर्ने विषयमा आफ्नो दलको सहमति नभएको जनाएको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसद्मा टेबल गर्ने विषयमा आफ्नो दलको सहमति नभएको जनाएको छ।

सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी पाँच दलीय गठबन्धनमा उक्त प्रस्तावबारे सहमति नभएको उल्लेख गर्दै आफ्नो दलको असहमत भएकाले गठबन्धनका कतिपय बैठकमा जनमोर्चालाई सहभागी नगराइएको जनाएकी हुन्। 

'सायद हाम्रो पार्टी एमसीसीलाई पारित गर्ने कुराको विरुद्ध भएकाले हाम्रो पार्टीलाई बैठकमा बोलाउँदा सर्वसमहति हुन नसक्ने भएकाले मात्र होइन, त्यसलाई टेबल गर्ने कुराको समेत विरुद्ध भएकाले हाम्रो पार्टीलाई गठबन्धनका बैठकहरूबाट अलग राखिएको हुन सक्दछ,' विज्ञप्तिमा भनिएको छ, 'अहिले एमसीसीको प्रश्नमा गठबन्धनमा तीव्र मतभेद देखापरेको छ तर त्यो मतभेदका कारणले गठबन्धन टुट्न हुँदैन भन्‍न हाम्रो मत रहँदै आएको छ।'

प्रकाशित: Feb 20, 2022| 21:01 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...