बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ई–सेवामा बोनस पाइन्छ भन्दै ठगी गर्ने ठगी गर्ने दुई जना पक्राउ

ई–सेवामा बोनस पाइन्छ भन्दै ठगी गर्ने ठगी गर्ने दुई जना पक्राउ

ई–सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- ई–सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

National life

प्रहरीको महानगरीय अपराध महाशाखाले ई–सेवामा रु ५० हजार जम्मा गरेमा रु दुई हजार ५०० बोनस पाइन्छ भनी जम्मा गर्न लगाई ठगी गर्ने रौतहटको माधवनारायण नगरपालिका–२ का शुभम साह र बाराको गढिमाई नगरपालिका–१० का सर्फराज आलमलाई आज पक्राउ गरेको हो।

पक्राउ परेका साह र आलमले विभिन्न व्यक्तिलाई ई–सेवामा पैसा हाल्न लगाई रु सात लाख २७ हजार ठगी गरेका थिए। 

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ। 


प्रकाशित: Feb 20, 2022| 21:20 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।