मंगलबार, भदौ २, २०८३

संसद्‍को अर्को बैठकले एमसीसी पास गर्छ : प्रधानमन्त्री देउवा

'गठबन्धनभित्रैको किचलोलाई व्यवस्थापन नगरेरै एमसीसी टेबल गर्नुभयो? अब के हुन्छ?' भन्ने पत्रकारहरुको प्रश्नमा प्रधानमन्त्री देउवाले भने, 'अब के हुनु नि! अर्को बैठकमा पास हुन्छ।'
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्‍मा टेबल भएको एमसीसी जसरी पनि पास हुने बताएका छन्।

संसद भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले विभिन्न व्यवधानका बाबजुद संसदमा टेबल भएको एमसीसी अर्को बैठकमा जसरी पनि पास हुने दावी गरेका हुन्। 

'गठबन्धनभित्रैको किचलोलाई व्यवस्थापन नगरेरै एमसीसी टेबल गर्नुभयो? अब के हुन्छ?' भन्ने पत्रकारहरुको प्रश्नमा प्रधानमन्त्री देउवाले भने, 'अब के हुनु नि! अर्को बैठकमा पास हुन्छ।'

सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन १२ गते बिहीबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्। 


प्रकाशित: Feb 20, 2022| 15:36 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...