बुधबार, भदौ ३, २०८३

सहमतिबिना एमसीसी टेबुल गरिनु जनता र संसद्‍को अपमान : रावल

प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- नेकपा एमालेका सांसद भीम रावलले एमसीसीको चर्को विरोध गरेका छन्।

आफ्नै पार्टीका सांसदहरुको नाराबाजीका बीच प्रतिनिधिसभाको आजको बैठकमा रावलले दलहरुको सहमतिबिना प्रमुख प्रतिपक्षीले संसद् अवरुद्ध गरिरहेका बेला एमससीसी टेबुल गर्ने कार्यसूची कसरी आयो भनेर प्रश्न गरे।  

प्रमुख प्रतिपक्षीले सदनमा अवरोध गरिरहेको समयमा एमसीसी टेबुल गरिनु जनता र संसद्‍को अपमान भएको उनले बताए।

त्यसअघि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलाई बोल्न समय दिएका थिए। गुरुङले एमसीसीलाई बैठकको कार्यसूचीमा राखिएको भन्दै आपत्ति जनाए। कार्यव्यवस्था परामर्श समितिको बैठकमा आफूहरुले यसलाई कार्यसूचीमा नराख्न लिखित अनुरोध गरिएकोमा त्यसलाई बेवास्ता गरिएको बताएका छन्। 

प्रकाशित: Feb 20, 2022| 13:56 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...