बुधबार, भदौ ३, २०८३

एमसीसीबारे अब एमालेको धारणा आउनुपर्छ : सरकारका प्रवक्ता कार्की

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा अब एमालेले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन्।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा अब एमालेले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन्।

सत्ता गठबन्धनबीच एमसीसीलाई संसद्‍मा टेबुल गर्ने सहमति भएसँगै यस विषयमा प्रमुख प्रतिपक्षी दलको पनि आधिकारिक धारणा आउनुपर्ने उनले बताएका हुन्।

'एमसीसी सम्झौतालाई संसद्‍बाट टेबल गर्ने सहमति भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दर्ता गरेको प्रस्तावलाई अहिलेको सरकारले संसद्‍मा लैजान खोजेको छ। अब यो विषयमा एमालेको पनि धारणा आउनुपर्छ,' उनले भने।

यस विषयमा एमालेले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक नगरेको अवस्थामा सरकारका प्रवक्ताको यस्तो भनाइ आएको हो।

प्रकाशित: Feb 20, 2022| 13:50 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...