काठमाडौं– प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता टेबुल हुने पक्का भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबुल गर्ने निर्णय गरेको छ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबुल गर्ने कार्यसूची छ।