मंगलबार, भदौ २, २०८३

एमसीसी टेबुल गर्ने सहमतिमा सत्तारुढ दलकै शीर्ष नेताको असहमति

अमेरिकी सहायता परियोजना एमसीसी संसद् बैठकमा टेबसल गर्ने सत्ता गठबन्धनको निर्णयप्रति सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले असहमति जनाएका छन्।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं– अमेरिकी सहायता परियोजना एमसीसी संसद् बैठकमा टेबसल गर्ने सत्ता गठबन्धनको निर्णयप्रति सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले असहमति जनाएका छन्।  

आफ्नो पार्टीले यथास्थितिमा एमसीसी टेबुल हुन नहुने निर्णय गरेको भन्दै उनले गठबन्धनका नेताहरुबीच भएको सहमतिप्रति आपत्ति जनाएका हुन्।

आफू सहभागी नभएको बैठकबाट भएको सहमति मान्य नहुने उनले बताएका छन्। एमसीसी राष्ट्रघाती भएको तर्क गर्दै उनले नेताहरुबीच भएको सहमतिलाई स्वीकार्न नसकिने बताए।

यसअघि नेकपा (एस)को हिजो शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसी संसद्मा टेबल गर्न दिने तर विपक्षमा उभिने निर्णय गरेको थियो। खनालले भने पार्टीमा त्यस्तो निर्णय नभएको दाबी गरेका छन्।

सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले आजकै संसद् बैठकमा एमसीसी टेबुल गर्ने सहमति भएको छ।


प्रकाशित: Feb 20, 2022| 12:51 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...