मंगलबार, भदौ २, २०८३

बालुवाटारमा एकाएक प्रचण्डको बोली फेरियो!

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै हालतमा प्रतिनिधि सभाबाट एमसीसी पास हुन दिदैनौं भन्दै आएका थिए।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै हालतमा प्रतिनिधि सभाबाट एमसीसी पास हुन दिदैनौं भन्दै आएका थिए। फागुन ४ र ६ गते संसद् बैठक हुनुअघि माओवादीका सबै जनवर्गीय संगठन र पार्टीका नेताहरू एमसीसीको विरोधमा संसद् भवनअगाडि आन्दोलनमा थिए। सो क्रममा माओवादीसम्बद्ध एक दर्जन नेता–कार्यकर्ता घाइते भए। 

तर, त्यसको दुई दिन नबित्दै माओवादी केन्द्रले आफ्नो अडानबाट यू-टर्न लिएको छ। आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रचण्डले एमसीसी टेबुल गरी छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गरेका छन्। 

स्रोतका अनुसार पहिलो चरणमा एमसीसी टेबल गरेर छलफलमा पठाउने तथा दोस्रो चरणमा मात्र एमसीसी पास गर्ने वा नगर्ने भनेर मतदान गर्न प्रचण्डले माग गरेका छन्। उनले लामो समयदेखि अवरुद्ध संसद सुरु गर्न पनि एमसीसी टेबल गर्नुपर्ने तर्क अघि सार्दै माओवादी एमसीसीमा मौन स्वीकृति दिएका हुन्। 

बालुवाटार बैठकपछि शीर्ष नेताहरू एक बजेको बैठकका लागि संसद भवन जाने तयारीमा छन्।

प्रकाशित: Feb 20, 2022| 12:00 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...