काठमाडौं- बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था बढाइएको छ। सत्ता गठबन्धनले एमसीसी संसदमा टेबल गर्ने सहमति गरेलसँगै नयाँ बानेश्वरस्थित संसद भवनबाहिर सुरक्षा व्यवस्था कडा पारिएको हो।
हिंसात्मक प्रदर्शन हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था बढाइएको प्रहरीले जनाएको छ।
आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी संसदमा टेबुल गर्ने सहमति गरेको छ। प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ।
त्यसअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्ने छ। सोही बैठकले संसद्को कार्यसूचीमा एमसीसी टेबुल गर्ने विषयलाई राख्ने अनुमान गरिएको छ।