बिहीबार, असार ११, २०८३

तुलसीपुरका इँटा उद्योगमा बालश्रमिक

दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

दाङ- दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ। उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो। बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्याङ्क सङ्कलनअनुसार ३४८ बालबालिका श्रममा रहेको खुलेको हो।

National life

उपमहानगरपालिकाभित्र रहेका १७ वटामध्ये १५ इँटा उद्योगमा गरिएको अध्ययनानुसार १८० बालक, १६८ बालिका रहेको बेस संस्थाका कार्यक्रम अधिकृत पिङ्की चौधरीले जानकारी दिए। 'हामीले उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा अनुगमन गर्‍यौं, सुक्ष्मरूपमा त्यहाँको अवस्था पनि हेर्‍यौं, त्यहाँ धेरै बालबालिका श्रमिक रहेको पाइएको हो', उनले भने।   

अहिले इँटा उद्योगमा बालश्रमिक राखेको तथ्याङ्क सार्वजनिक गरेर  उनीहरुलाई उद्धार  गर्न सङ्घसंस्थाले चासो देखाएका छन्। उपमहानगरपालिकाले उद्योगमा बालश्रमिक राख्न नपाउने नीति–निर्माण  भइसकेको र कार्यान्वयनको चरणमा  रहेको  सामाजिक विकास समिति संयोजक कुमार लामिछानेले जानकारी दिए।  

अहिले इँटा उद्योगमा काम गर्ने बालबालिकाहरू नभई आश्रित परिवारका रहेको दाङ देउखुरी इँटा उद्योग व्यवसायी समितिका अध्यक्ष प्रेमनाथ योगीले बताए। - रासस

प्रकाशित: Feb 20, 2022| 08:25 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।