बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली साहित्य महोत्सव धनगढीमा फागुन १९, २० र २१ गते हुने

नेपाली साहित्य महोत्सव धनगढीमा फागुन १९, २० र २१ गते हुने

नेपाली साहित्य महोत्सव धनगढीमा फागुन १९, २० र २१ गते सञ्चालन हुने भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा महोत्सव हुन लागेको हो।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- नेपाली साहित्य महोत्सव धनगढीमा फागुन १९, २० र २१ गते सञ्चालन हुने भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा महोत्सव हुन लागेको हो।

National life

समाजले प्रत्येक वर्ष धनगढीमा महोत्सवको आयोजना गर्दै आएको छ। यो महोत्सवको दोस्रो संस्करण हो। ७१औं प्रजातन्त्र दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यतामा समाजमा आयोजित कार्यक्रमकाबीच महोत्सव आयोजना गरिने आयोजकले जानकारी दिएको हो।

'काली–कर्णाली क्षेत्रको गौरव गाथालाई आत्मसात् गर्दै भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि हामीले प्रत्येक वर्ष महोत्सवको आयोजना गर्दै आएका छौं,' समाजका अध्यक्ष रामलाल जोशीले भने, 'गत वर्ष विश्वभरीका नेपाली भाषी साहित्यकारको सहभागितामा राष्ट्रपतिले महोत्सवको उद्घाटन गर्नुभएको थियो। हामीले यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिन खोजेका हौं। यस कार्यक्रमले सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा,  दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्ने उनले बताए।

देशका कवि, लेखक, साहित्यकार, पत्रकार, कलाकार र बुद्धिजीवीलाई कार्यक्रममा आमन्त्रण गरिएको जोशीले बताएका छन्। यसका साथै देश बाहिर रहेका नेपाली भासी साहित्यकारहरूलाई पनि कार्यक्रममा आमन्त्रित गरिएको उनले बताए।

यस्तै कार्यक्रम संयोजक लोक देउडा गायक यज्ञराज उपाध्यायले नेपाली भाषा, साहित्यको विकास गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताएका छन्। उनले सधैँ केन्द्रकै मुख ताक्नुभन्दा आफ्नो कला, संस्कृतिको विकासका लागि स्वयं आफै जाग्नुपर्ने बताएका छन्।

Shivam cement

'हामी जाग्यौ भने राज्य सहयोग गर्न बाध्य हुन्छ। त्यसैले हाम्रो कला, संस्कृतिको विकासका लागि हामी आफै जाग्नुपर्छ,' उपाध्यायले भने। उनले आगामी कार्यक्रमहरूमा जस्तै यस वर्ष पनि सबैको साथ-सहयोग पाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: Feb 20, 2022| 07:05 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।