बिहीबार, असार ११, २०८३

आज पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसले गर्दा आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको हो।

National life

आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागको थोरै स्थानमा भने मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।

आज बिहान पहाडी भूभागमा आंशिक बदली लागेको छ। तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ।

प्रकाशित: Feb 20, 2022| 06:45 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।