शनिबार, साउन ३०, २०८३

भीमफेदी कारागारका १० कैदीबन्दीको सजाय मिनाहा

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मकवानपुरको भीमफेदी कारागारबाट १० कैदीबन्दीको शनिबार सजाय मिनाहा भएको छ।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मकवानपुरको भीमफेदी कारागारबाट १० कैदीबन्दीको शनिबार सजाय मिनाहा भएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरिका ५०१ कैदीबन्दीको सजाय मिनाहा र १२ जनालाई  आममाफी दिने कार्यअन्तर्गत भीमफेदी कारागारका १० कैदीबन्दीको सजाय मिनाहा भएको बताइएको छ। 

भीमफेदी कारागारका निमित्त प्रमुख जेलर केदारप्रसाद सापकोटाका अनुसार सजाय मिनाहा भएका १० कैदीबन्दी आज रिहा भएर आ–आफ्नो घर फर्किसकेको बताए। 

सजाय मिनाहा भएकामध्ये आठ जना नेपालका र दुई भारतका छन्। रिहा भएकामध्ये भारतका दुई, मकवानपुरका पाँच, सिन्धुलीका एक, उदयपुरका एक र सुनसरीका एक जना रहेका छन्। 

सजाय मिनाहा पाउनेमा सवारी ज्यान मुद्दाका चार, कर्तव्य ज्यान मुद्दाका तीन र डाँका तथा ज्यान मार्ने उद्योगका एक-एक जना रहेको  निमित्त प्रमुख जेलर  सापकोटाले बताए। 

प्रकाशित: Feb 19, 2022| 20:20 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।