बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय जनगणनामा नसमेटेको भन्दै तेस्रो लिंगी तथा समलिंगी समुदायका नागरिकको आपत्ति

राष्ट्रिय जनगणनामा नसमेटेको भन्दै तेस्रो लिंगी तथा समलिंगी समुदायका नागरिकको आपत्ति

राष्ट्रिय जनगणना २०७८ ले आफूहरुलाई नसमेटेको भन्दै सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (तेस्रो लिङ्गी तथा समलिंगी) समुदायका नागरिकले आपत्ति जनाएका छन्।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

काठमाडौं-  राष्ट्रिय जनगणना २०७८ ले आफूहरुलाई नसमेटेको भन्दै सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (तेस्रो लिङ्गी तथा समलिंगी) समुदायका नागरिकले आपत्ति जनाएका छन्। 

National life

झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै पछिल्लो जनगणनामा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको भए पनि आफूहरु नसमेटिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन्। सरकारले सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका नागरिकलाई नागरिक सरहको व्यवहार नगरेको भन्दै सरकारसँग उनीहरुले ११ बुँदे मागसमेत अघि सारेका छन्। 

सिमान्तकृत लैंगिक तथा यौनिक अल्पसङ्ख्यक (तेस्रो लिङ्गी तथा समलिङ्गी) समुदायका नागरिकले आफ्ना ११ बुँदे माग सम्बोधनका लागि सरकार तथा राजनीतिक दलको ध्यानाकर्षण गराएका छन्। संवाद समूह झापाको संयोजनमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको संस्था लीड नेपालकी नुमा सुब्बा चञ्चलाले आफ्नो समुदायका समस्या सम्बोधनका लागि तीनै तहका सरकार र राजनीतिक दललाई आग्रह गरे। 

उनले समस्या समाधानमा पहल गरिदिन अधिकारकर्मी, नागरिक समाज, विभिन्न सङ्घसंस्था तथा निजी क्षेत्रको पनि ध्यानाकर्षण गराउनुभएको छ। सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका नागरिकले अघि सारेका ११ बुँदे मागमा सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने सबै खाले विभेदको अन्त्य गरी महिला, पुरुषसरह सम्मानजनक रुपमा बाँच्न पाउने संवैधानिक अधिकार व्यवहारमा सुनिश्चित गरिनु पर्ने, लुकेर बसेका सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई आफ्नो अस्तित्व र पहिचान दिलाएर स्वतन्त्र जीवन जीउन सक्ने वातावरण सिर्जना गरिनुपर्ने रहेका छन्। 

विद्यालयमा हुने विभेद र अपमान अन्त्य गरी अन्य विद्यार्थी सरह सम्मानजनक रुपमा पठनपाठनका लागि व्यवस्था गरिनुपर्नेलगायत मागअघि सारिएको छ। नेपाल सरकार स्वास्थ्य बीमा बोर्डबाट गरिँदै आएको स्वास्थ्य बीमा कार्यक्रमबाट सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका नागरिक बञ्चित रहँदै आएकाले तत्काल स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने व्यवस्था मिलाउन सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको संस्थाले माग गरे।

Shivam cement

झापामा मात्रै करिब १८ देखि २० हजारको सङ्ख्यामा सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक रहेको लीड नेपालकी कार्यक्रम संयोजक चञ्चलाले बताए। देशभर आठ लाखको सङ्ख्यामा सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सम्पर्कमा रहेको र यो सङ्ख्या कैयौँ गुणा बढी रहेको नीलहिरा समाजकी आनिक राना मगर बताउछन्। 

प्रकाशित: Feb 19, 2022| 23:30 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।