बिहीबार, असार ११, २०८३

नक्कली सुनको गहना बिक्री गर्ने व्यक्ति पक्राउ

नक्कली सुनको गहना बेच्‍ने कार्यमा संलग्‍न रहेको अभियोगमा सिरहा कल्याणपुर घर बताउने ३२ वर्षीय पंकज कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

काठमाडौं- नक्कली सुनको गहना बेच्‍ने कार्यमा संलग्‍न रहेको अभियोगमा सिरहा कल्याणपुर घर बताउने ३२ वर्षीय पंकज कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

National life

काठमाडौं बुढानीलकण्ठ नगरपालिका-८ मानबहादुर मार्ग नजिकै रहेको असिम सुनचाँदी पसलमा सुनजस्तै देखिने नक्कली सुन बेच्‍न लागेको भन्‍ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले गुप्तालाई सुन जस्तो देखिने पहेलो धातुको सिक्री २ थानसहित पक्राउ गरेको हो।

गुप्ताले काठमाडौं महाराजगञ्जस्थित जयलक्ष्मी सुनचाँदी पसल र ललितपुर सातदोबाटोस्थित ओमलक्ष्मी सुनचाँदी पसलमा अन्दाजी १-१ तोलाको सुन जस्तो देखिने पहेंलो धातुको सिक्रीहरू बिक्री गरिसकेको अनुसन्धानको क्रममा खुलेको जनाइएको छ।

उनीउपर ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूरमा पाँच दिन म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जबाट थप अनुसन्धान भइरहेको छ।


Shivam cement

प्रकाशित: Feb 19, 2022| 16:50 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।