बिहीबार, कात्तिक २०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • वृद्ध आमाबुबाको सेवा गर्नु छोराछोरीको कर्तव्य : मुख्यमन्त्री राई

वृद्ध आमाबुबाको सेवा गर्नु छोराछोरीको कर्तव्य : मुख्यमन्त्री राई

राष्ट्रिय प्रजातन्त्र दिवस-२०७८ मूल समारोह समिति मोरङद्वारा विराटनगर-८स्थित विराटेश्वर वुद्धाश्रम बहुद्देश्यीय भवन र मानवसेवा आश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिक, वृद्ध, असहायलाई फलफूल वितरणका क्रममा सो कुरा बताएका हुन्।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वृद्ध आमाबुबा भगवान्को स्वरुप भएकाले उचितरुपले पालनपोषण, हेरचाह र सेवा गर्नु  छोरा छोरीको कर्तव्य भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवस-२०७८ मूल समारोह समिति मोरङद्वारा विराटनगर-८स्थित विराटेश्वर वुद्धाश्रम बहुद्देश्यीय भवन र मानवसेवा आश्रममा  आश्रय लिइरहेका ज्येष्ठ नागरिक, वृद्ध, असहायलाई फलफूल वितरणका क्रममा सो कुरा बताएका हुन्।

Kumaribank

उनले विराटनगरमा नागरिकस्तरमा स्थापना हुने ज्येष्ठ नागरिक उपचार सेवा केन्द्र भवन निर्माणलाई आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको जानकारी दिँदै सामाजिक हितका लागि नागरिककातर्फबाट हुने कार्यमा सरकार होष्टेमाथि हैसे गर्न तयार रहेको उनले भने। मुख्यमन्त्री राईले वृद्धाआश्रम व्यवस्थितरुपमा सञ्चालन गरी दिनदुःखीको सेवा गरेकामा सञ्चालक प्रति आभार प्रकट गर्दै  प्रदेश सरकारले थप आवश्यक सहयोग प्रदान गर्ने धारणा व्यक्त गरे।

यसैगरी उनले वडा नं १०स्थित मानवसेवा आश्रममा रहेका असहाय नागरिकलाई फलफूल वितरण गर्दै मोरङको ग्रामथानमा निर्माण भइरहेको आश्रमलाई आगामी दिनमा थप बजेटको व्यवस्था गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले ज्येष्ठ नागरिक र असहायको सेवा गर्नु हामी सबैको कर्तव्य भएको बताए। प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालय, कर्मचारी मिलन केन्द्र, विभिन्न कर्मचारी संघ संगठनले फलफूल वितरण कार्यक्रम आयोजना गरेका थिए। वृद्धआश्रममा ६१ ज्येष्ठ नागरिक तथा मानव सेवा आश्रमका तीन भवनमा १५० असहायले आश्रय लिइरहेका छन्।  रासस

प्रकाशित: Feb 19, 2022| 20:40 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।